जुमको परिचय(Introduction of
Zoom)
जुम एरिक युवानले सन् २०११ मा स्थापना गरेको र २०१३ मा लन्च गरेको भिडियोकल गर्न मिल्ने एप हो । यसमा फेसबुक मेसेञ्जर भन्दा धेरै र माइक्रो सफ्ट टिम भन्दा कम सुविधा छन् । छोटोमा यो एक व्यक्ति र व्यक्ति अनि व्यक्ति र समुहमा अन्तरक्रिया गर्न सकिने सुविधा भएको अनलाइन सफ्टवेर हो । वैठक/कल गर्न जसले सुरु गर्ने हो उसले मात्र जुम खाता खोलेपुग्छ । अरूले जुम डाउनलोड गरेर Join) भन्ने बटनमा थिचि उसको आइडि र आफ्नो नाम हाल्ने । त्यसपछि इण्टर गर्ने अनि पासवर्ड माग्दा दिएको पासकोड राखि (OK) मा थिचेपछि सहभागि हुन सकिन्छ । तर आफ्नो इच्छा र आवश्यकता अनुसार तपाइँहरू कोहि पनि जुममा निजि इ-मेलको मदतमा आफ्नै खाता खोल्न सक्नुहुन्छ र आफ्नै नियन्त्रणमा मिटिङ सञ्चालन पनि गर्न सक्नुहुन्छ ।
जुमको प्रयोग कसरी र कहाँ गर्ने (How and where to zoom use)
Ø यदि तपाइँ तुरुन्तै कुनै मिटिङमा सहभागि हुनु छ वा । त्यसपछि पासवर्ड मागेको स्थानमा आइडिसँगै प्राप्त पासकोड पनि हाल्नुहोस् ।
Ø जोइन गर्दा आवाज सुनिएन भने कल भाइए डिभाइसमा थिच्नुहोस् ।
Ø त्यसैगरी मेसेञ्जर वा इमेल अथवा अन्य पोस्टमा राखिएको लिङ्कबाट पनि जुममार्फत हुने क्रियाकलापमा सहजै जोइन हुन सकिन्छ । यसरी जोइन हुँदा कहिलेकाहिँ अवरोधहरू आउन सक्छन् । तरआइडि र पासवर्ड हालेर जोइन हुनमा भन्दा यसमा छिटो हुन्छ ।
Ø जोइन भईसकेपछि जोइन विथ कम्प्युटर अडियोमा क्लिक गर्नुहोस् ।
Ø जुमको प्रयोग: अनलाइनबाट गरिने वैठक, तालिम, अनलाइनमा आधारित शिक्षण सिकाइ कार्यकलापहरू, समुहगत छलफलहरू, अनलाइनबाट सञ्चालन गरिने सम्मेलनहरू र पारिवारिक एवं आफन्तसँग कुराकानि गर्न प्रयोग गरिन्छ । तल्ला कक्षाहरूमा भने यसको प्रयोगलाई चुनौतिपूर्ण मानिन्छ ।
Ø सुरुमा कम्प्युटर वा मोबाइलमा जुम डाउनलोड गर्नुहोस् ।
Ø कोहिसँग तपाइँलाई जुमबाटै कुरा गर्नु छ भने जोइनमा थिच्नुहोस् । आफुलाई प्राप्त जुम आइडि र जुन नामबाट जोडिने हो त्यो हाल्नुहोस्त्यसलाई इन्स्टल गरी ओपन गर्नुहोस् ।
जुम मिटिङमा सहभागि हुँदा ध्यान दिनुपर्ने कुराहरू( Things to be concentrated while
engaging on zoom meeting)
ü मागेको अथवा हुन्छ भनेको समयमा शान्त वातावरण मिलाउनुहोस् ।
ü मिटिङमा जोइन भईसकेपछि अन्य माध्यामबाट अरूसँग च्याट सकेसम्म नगर्नुहोस् ।
ü इण्टरनेट नेटवर्कको प्रभावकारिता र डाटा रिसोर्सको अवस्था हेरि सकेसम्म भिडियो बन्द नगर्नुहोस् ।
ü शालिन सहभागिको रूपमा प्रस्तुत हुन अनावश्यक भुमिका र प्रिस्ठभुमि उल्लेख नगरि आफ्नो कुरा राख्नुहोस् ।
ü सान्दर्भिक कुरा भन्न छुटेको भए च्याटबक्सको प्रयोग गर्नुहोस्; सम्बन्धित व्यक्तिलाई प्राइभेट मेसेज गर्नुहोस् ।
ü आफ्नै नामबाट मात्र सहभागि हुनुहोस् ।
ü यदि कम्प्युटरबाट जोइन हुनुहुन्छ भने केहि बोल्न परेमा स्पेसबार थिचिराख्नुहोस् र कुरा सकिएपछि छोडिदिनुहोस् । यसले तपाइँलाई म्युट र अन्म्युट गरिरहनुपर्ने कामलाई छिटो र
प्रभावकारि बनाउँछ ।
जुममा के के सुविधा छन्?( बेसिक योजना/निसुल्क प्रयोगकर्ताका लागि)
v बिना पैसा डाउनलोड र खाता खोलि कुराकानि गर्न पाइने,
v ४० मिनेटसम्म मात्र निरन्तर छलफल सञ्चालन गर्न सकिने; त्यसपछि फेरि जोइन हुनुपर्ने,
v १०० जनासम्म एकै पटकमा सहभागि हुन सक्ने,
v स्क्रिन शेयर गर्ने र रेकर्डिङको सुविधा,
v छलफल गर्दै च्याट पनि गर्न मिल्ने,
v फाइलहरू आदान प्रदान गर्न सकिने,
v च्याटमा हुन सक्ने अस्लिल कुरा रोक्न सहभागिलाई रिमुभ गर्नुपर्ने बाध्यता,
v च्याट गर्न नमिल्ने बनाउन सकिँदैन ।, र
v थप सुविधा सहित विभिन्न मूल्यमा उपलब्ध रहेको (प्रो, बिजनेस, आदि) ।